Skip to main content

Posts

Showing posts from October, 2022

श्रीमद्भागवतगीताका महत्वपुर्ण भनाइहरु

अध्याय : ४  ३७. जसरी प्रज्वलित अग्निले  इन्धनलाई जलाएर भस्म गर्दछ, त्यसरी नै, हे अर्जुन ! ज्ञान रुपी अग्निले भौतिक कर्महरुको सम्पूर्ण फललाई जलाउदछ |     ३८. यो संसारमा दिव्यज्ञान को समान केहि पनि सुद्द तथा उदात छैन | यस्तो ज्ञान सम्पूर्ण योगको परिपक्क फल हो | जो व्यक्ति भक्तिमा सिद्ध हुन्छ, उ यथासमय आफ्नो अन्तर्मनमा यो ज्ञानको आस्वादन गर्दछ |  ३९. जो श्रदालु यस भागवतज्ञान प्रति समर्पित छ र जसले आफ्ना इन्द्रियहरुलाई आफ्नो वसमा राखेको छ, उ नै यस दिब्य ज्ञान प्राप्त गर्नका लागि अधिकारी छ र यस पवित्र ज्ञान प्राप्त गर्नासाथ उ तत्काल अध्यात्मिक शान्तिलाई प्राप्त गर्दछ |   ४०. तर जो अज्ञानी श्रद्दारहित  मनुस्य यस दिव्य ज्ञानमा सन्देह वा शंका गर्दछ, उसले यो भागवत ज्ञानलाई प्राप्त गर्न सक्दैन | संसयआत्माका लागि न त यस लोकमा न त परलोकमै सुख शान्ति हुन्छ | अध्याय : ५   १.अर्जुनले भने - हे कृष्ण पहिला हजुर मलाई कर्म त्याग गर्नका लागि भन्नुहुन्छ र पुन: भक्तिपुर्वक कर्म गर्ने आज्ञा दिनुहुन्छ। कृपय हजुर मलाई निस्चित रुपले यो भन्नुहुन्छ की यी दुबै कर्महरुमा कुन अधिक लाभप्रदायक हुन्छ?  २. भगवान श्री क